खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आगलागीबाट सोलुखुम्बुमा कपडा पसलसहित एक घर जलेर नष्ट


 संवाददाता   October 21, 2019   244 जनाले पढ़िसके




कात्तिक ४, २०७६ सोमबार
आगलागीबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा एक घर जलेर नष्ट भएको छ । सोमबार बिहान करिब २ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
आगलागीबाट कोइरालाको पसलसहितको ३ तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) उत्तम कार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तनलगायतका सामाग्री जल्नुका साथै यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आउनुभएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको हो ।
आगो निभाउन पर्याप्त स्रोत साधन नहुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।