खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ललिता निवास प्रकरण ः गच्छदार पनि छानबिनमा तानिँदै


 संवाददाता   October 21, 2019   218 जनाले पढ़िसके




४ कार्तिक २०७६, सोमबार
कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्।
उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगको छ।
गच्छदारले उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमा निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए।
यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।