खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कालोपत्र गरेको दुई महीनामै भत्कियो ताप्लेजुङको भित्रि सडक


 संवाददाता   October 21, 2019   201 जनाले पढ़िसके




सोमबार ०४, कार्तिक २०७६
ताप्लेजुङ सदरमुकाम फुङलिङभित्र कालोपत्र गरेको सडक दुई महीना नपुग्दै भत्किएको छ । फुङलिङस्थित तोक्मेडाँडामा रहेको हटियादेखि बुद्धचोकसम्मको सडकको कालोपत्र उप्किन थालेको हो ।
गत असारमा मैनाचुली निर्माण कम्पनीले उक्त सडकमा कालोपत्र गरेको थियो । कालोपत्र गरिएको छोटो समयमा नै सडक भत्किएको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारको लापरबाहीले अधिकांश कालोपत्र गरिएको भाग भत्किएको देख्दादेख्दै सघन शहरी तथा भवन निर्माण आयोजनाले अनुगमन गरी पास गरेको स्थानीयको भनाइ छ ।
सडकको निर्माण १५ महीनामा नै काम सक्ने गरी २०७४ असारमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ठेक्का लगाएको थियो । तर, कार्यालयको पुनःसंरचनापछि भने केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दिएको थियो ।
सम्झौताअनुसार निर्माण कम्पनीले रू. ३ करोड ७ लाखमा कालोपत्र र केही स्थानमा ढलानका साथै ३५ ओटा सोलार बत्ती जडान गर्नुपर्ने थियो । सो सडक खण्डमा जडान भएको सोलारका पोलसमेत ढल्ने अवस्थामा रहेको स्थानीयको भनाइ छ ।