खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सांसद गुरुङ साधारण तारेखमा रिहा


 संवाददाता   October 21, 2019   218 जनाले पढ़िसके




कार्तिक ४, २०७६
ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गरेको हो ।
दोलखाबाट निर्वा्चित सांसद गुरुङविरुद्द काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गत असोज ८ गते गुरुङविरुद्ध म्याद तामेल भएपछि उनी आफै अदालतमा हाजिर भएका थिए ।
काठमाडौंको गौशालामा आफूमाथि सांघातिक आक्रमण भएको भन्दै दोलखाका वीरध्वज खड्काले सांसद गुरुङसहित ७ जनाविरुद्द काठमाडौं प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दिएका थिए ।