खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चौथो चरणमा १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण


 संवाददाता   October 20, 2019   270 जनाले पढ़िसके




कार्तिक ०३, २०७६ ,
मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ ।
प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा पछिल्लोपटक १० जनालाई परिचयपत्र वितरण भएको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति सदस्य सचिव गीता कट्टेलले जनाउनु भयो ।
जस अन्तर्गत पूर्ण अपाङ्गता भएकाको रातो कार्ड १ जनालाई, अशक्तको नीलो कार्ड ५ जनालाई, मध्यम असक्तको पहेंलो कार्ड ३ जनालाई र सामान्यको सेतो कार्ड १ जनाालाई वितरण भएको छ । त्यसअघि रातो, नीलो र पहेंलो १,१ गरी ३ जनालाई वितरण गरिएको थियो ।
उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोकत्वको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिले गत साउन २७ गतेबाट थालिएको अभियानमा हालसम्म ४ पटक परिचयपत्र वितरण गरिसकेको छ ।