खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तेस्रो डाँगीहाट गोल्डकप आजदेखि सुरु, ८ टिम बिच प्रतिस्प्रधा हुने


 संवाददाता   October 20, 2019   494 जनाले पढ़िसके




आइतबार, कार्तिक ०३, २०७६ बेलबारी,
तेस्रो डाँगीहाट गोल्डकप आइतबार देखि सुरु हुने भएको छ । मोरङको बेलबारी १० भाउन्नेमा रहेको प्रस्तावित डाँगीहाट रंगशालामा हुने गोल्डकपको उद्घाटन नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले गर्ने तय भएको आयोजकले जनाएको छ । कार्कीको प्रमुख आतिथ्यतामा आइतबार दिउसो २ बजे गोल्डकपको उद्घाटन गर्ने तय भएको क्लबका अध्यक्ष छत्र लिम्बुले बताएका छन् ।
उद्घाटन खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौ र काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन । राष्ट्रिय खेलाडीका साथै अफ्रिकन खेलाडीको सहभागिता रहेको चर्च ब्वाइजसँग राष्ट्रिय खेलाडि सम्मिलित काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिष्पर्धा गर्दैछ ।
गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ । डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिमले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । डाँगीहाट फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालिका बिशेष सहयोगिको रुपमा रहेको छ भने डाँगीहाटका विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका नेपालीहरुको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता संपन्न गर्न २४ लाख खर्च तथा ३३ लाख आम्दानी हुने अध्यक्ष लिम्बुले बताए । आयोजकले ५० हजार दर्शकले खेल हेर्ने अनुमान गरेको छ । २०६६ सालमा स्थापना भएको क्लबले विगतमा पनि दुईवटा गोल्डकपको आयोजना गरिसकेको छ ।