खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



त्रिवि शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण


 संवाददाता   October 19, 2019   290 जनाले पढ़िसके




कात्तिक २, २०७६ शनिबार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तेस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ ।
शुक्रबार बेलुकी रुपन्देहीका ५० वर्षका बुबालाई २७ वर्षका छोराको कलेजो प्रत्यारोपण गरिएको प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिनुभयो ।
यसअघि जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो ।
अब कलेजो प्रत्यारोपण बिस्तारै नियमित बनाउने योजना रहेको उहाँले बताउनुभयो । नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारीको भनाइ छ ।
यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ ।
कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनुभयो ।
यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । केही समयअघि मात्रै चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । उज्यालो खबर