खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सोलुखुम्बुमा भिरबाट लडेर विदेशी नागरिकको मृत्यु


 संवाददाता   October 19, 2019   262 जनाले पढ़िसके




कात्तिक २, २०७६ शनिबार
सोलुखुम्बुको पासाङ ल्हामू गाउँपालिका–५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ ।
पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।