खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अष्ट्रेलियासँगको टी–२० सिरिजका लागि मालिंगाको कप्तानीमा श्रीलंकाली टिमको घोषणा


 संवाददाता   October 19, 2019   229 जनाले पढ़िसके




कात्तिक २, २०७६ शनिबार
अष्ट्रेलियामा हुने सिरिजका लागि श्रीलंका क्रिकेट टिमले टी(२० का लागि १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।
पाकिस्तान भ्रमणमा नगएका तीव्र गतिका बलर लसिथ मालिंगाको कप्तानीमा श्रीलंकाले टिमको घोषणा गरेको हो । को हो । अष्ट्रेलियामा रहँदा श्रीलंकाले तीन खेलको टी(२० सिरिज खेल्नेछ ।
सिनियर खेलाडीबिना नै पाकिस्तान गएको श्रीलंकाले टी(२० सिरिज ३(० ले क्लिनस्वीप गरेको थियो । पाकिस्तान सिरिजमा राम्रो प्रदर्शन गरेका भानुका राजपाक्क्ष र ओशादा फर्नान्डो पनि १६ सदस्यीय टिममा अटाएका छन् ।
यसैगरी कुशल मेन्डिस, कुशल परेरा र निरोशान डिकवेलाले टिममा स्थान बनाएका छन् । श्रीलंका र अष्ट्रेलियाबीचको टी(२० सिरिज २७ अक्टोबरदेखि सुरु हुनेछ ।