खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जिउँदो मान्छेलाई इँटाभट्टामा हाल्ने आतंककारी हुन, कमल थापा


 संवाददाता   October 19, 2019   284 जनाले पढ़िसके




कात्तिक २, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका छन्। रौतहटमा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले पहिलो संविधानसभाको निर्वाचनका क्रममा बम विस्फोटमा परेका २३ जनालाई इँटा भट्टामा हालेर हत्या गरेको घटनामा कांग्रेस सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएको सन्दर्भमा थापाले यस्तो बताएका हुन्।
यो प्रकरणलाई लमजुङका निर्दोष शिक्षक मुक्तिनाथ अधिकारीलाई रुख बाँधेर तत्कालीन माओवादीले गरेको हत्याको प्रसंगसमेत कोट्याउँदै उनले रौतहतको नरसंहारलाई त्यसैसँग तुलना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत् शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यस्ता जघन्य अपराध र आतंककारी गतिविधिमा संलग्नलाई कुनै हालत नछाडिने बताएका छन्।