खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



यूएईमा बहुपक्षीय छलफल पछि फकर्दै मन्त्री विष्ट


 संवाददाता   October 18, 2019   303 जनाले पढ़िसके




कात्तिक १, २०७६ शुक्रबार
संयुक्त अरब इमिरेट्स (यूएई) आउनु भएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यूएई भ्रमणमा बहुपक्षीय छलफल भएको बताउनुभयो ।
दुबईमा भएको मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई आउनु भएका मन्त्री बिष्टले विभिन्न देशका मन्त्री तथा उच्चसरकारी अधिकारीसँगको भेटमा बहुपक्षीय छलफल भएको र छलफल सकारात्मक भएको बताउनु भएको हो ।
यूएई भ्रमण सकेर फर्किनुअघि उज्यालोसँग कुरा गर्दै मन्त्री विष्टले दुबईमा विभिन्न देशका समकक्षीसँग छलफल भएको बताउनुभयो । मन्त्री विष्टले श्रमबजारमा श्रमिकको सुरक्षा र भविष्यबारे नेपाल सरकारले गरेको नीतिगत सुधार र कार्यन्वयनको विषयलाई अन्तर्रा्ष्ट्रिय समुदायले उदाहरणका रुपमा चर्चा गर्ने गरेको बताउनुभयो ।
यूएई भ्रमणका बेला नेपाली कामदारका समस्या र समाधानका उपाय थप नजिकबाट बुझ्ने अवसर पाएको भन्दै मन्त्री विष्टले आफूले गर्नुपर्ने विषय नेपाल फर्किएलगत्तै सम्बोधन गर्ने बताउनुभयो ।
आबुधाबी डायलगमा बिहीबार सम्बोधन गर्नुभएका मन्त्री बिष्ट शुक्रबार साँझ नेपाल फर्किँदै हुनुहुन्छ ।