खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तत्काल मन्त्रिमण्डल फेरबदल हुँदैन ः अध्यक्ष प्रचण्ड


 संवाददाता   October 18, 2019   207 जनाले पढ़िसके




कात्तिक १, २०७६
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्।
सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरेका थिए ।
प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाए।