खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मगर समुदायको जिल्लाकै पहिलो होमस्टे


 संवाददाता   October 18, 2019   204 जनाले पढ़िसके




कात्तिक १, २०७६ ओखलढुंगा
ओखल्ढुंगाको सिद्धिचरण नगरपालिकामा होमस्टे संचालनमा आएको छ। जन्तरखानीका मगर समुदायले जिल्लामै पहिलो होमस्टे सञ्चालन गरेका हुन्। सिद्धीचरण नगरपालिका–६ ठाडेमा मगर समुदायले ठाडे मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन्।
होमस्टेमा बास बस्न आउने पाहुनालाई आलुको ढिडो ( रिल्दुक), गोर्मा्लि (गहुँको पिठो दूधमा पकाएको), स्याक्पा, सिमी, मकै, फापरको ढिँडोलगायत स्थानीय परिकारसँगै मगर समुदायको संस्कारले सत्कार गरिने गरीएको छ।
स्थानीय मगर समुदायको संस्कृति संरक्षणसँगै स्थानिय परिकारहरूको प्रचारको लागी होमस्टे सञ्चालनमा ल्याएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए।
हाल ९ घरमा होमस्टे सञ्चालनमा रहेको र २० घर होमस्टे सञ्चालनको लागी तयारी अवस्थामा रहेको उनको भनाई छ। होमस्टे संचालनमा आएएपछि ओखलढुंगालाई आन्तरिक तथा बाह्य पर्यटकिय स्थल बनाउने योजनामा महत्वपूर्ण टेवा पुग्ने सघिय सांसद यज्ञराज सुनवारले बताए।
जन्तरखानिको ठाडेमा बिद्युत र सञ्चारको निक्कै समस्या रहेको कारण बिद्युत र सञ्चारसंगै अन्य बिकासका पूर्बधारहरुको संरचना तयार गर्न आफु लागी पर्ने बताए।