खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दमक चक्रपथ सडकको सरकारी टोलीद्धारा अनुगमन


 संवाददाता   October 18, 2019   213 जनाले पढ़िसके




 

दमक चक्रपथ निर्माणको अवस्थाका बारे जानकारी लिन बिहिबार संघीय तथा स्थानीय सरकारका प्रतिनिधी तथा प्रमुखले अनुगमन गरेका छन् ।
अनुगमनमा स्थानीय सरकारका तर्फबाट दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, चक्रपथ निर्माण समितिका तत्कालिन अध्यक्ष तथा वडा नं.१० का वडाअध्यक्ष बोधराज न्यौपाने लगायत सहभागी थिए ।
यस्तै संघीय सरकारका तर्फबाट कार्यसम्पादन गर्ने कार्यालय सडक डिभिजन दमकका ईन्जिनियर बिपिन ढुंगाना तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका विकास निर्माण हेर्ने सदस्य होमबहादुर थापा सहभागीथिए । दमकको विकासका लागि महत्वपूर्ण मानिएको दमक चक्रपथलाई संघीय सरकारले पनि प्राथमिकतादिएकाले अब चाँडै पूरा हुने नगर प्रमुख ओलीले बताए ।
यस वर्ष बिनियोजीत १७ लाख बाट के के काम गर्न सकिन्छ र अहिले सम्मको अवस्था के छ भन्ने बारे अनुगमन गरिएको ईन्जिनियर ढुंगानाले जानकारी दिए ।