खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दलित भएकै कारण चिया पसलबाट निकालिए डिमुने कामि


 संवाददाता   October 18, 2019   2371 जनाले पढ़िसके




राजकुमारी तामाङ
०१ कार्तिक २०७६
मोरङको पथरिशनिश्चरे नगरपालिका ९ मा रहेको एक होटलमा दलित पुरुष डिमुने कामि माथि छुवाछुतको आरोप लागेको छ ।
घटना यसरी भयो
उनी गत असोज २० गते पथरीशनिश्चरे ९ मा रहेको टलक बहादुर पाण्डेको होटलमा बेलुका ५ बजे चिया पिउन भनी गएका थिए ।
त्यहाँ धैरै मानिसहरु बसेर चिया पिइ रहेका थिए । डिमुने पनि त्यहि गएर एउटा बेन्चमा बस्छन् त्यतीकैमा चिया पिइरहेका सोही नगरपालिमा बासि रुद्र बहादुर कटुवाल कराउँछन् ए कामी तेरो बस्ने ठाउँ बाहिर हो गएर खा त्यहि बेला होटल सञ्चालक टलक बहादुर आएर तेरो बस्ने ठाउँ यहाँ हो ?
मेरोमा सत्यवादी मान्छेहरु आउछन् । तँ बाहिर निस्केर खा भन्दै जबरजस्ती बाहिर निकालेर अब देखि मेरो पसल नपस्नु तिमीहरु कामी दमाईहरु भन्दै गालीगलौज गरे र मुद्धा हाले पनि हाल भन्छन् ।
पिडित डिमुनेको न्याय प्रकिृ्रया
त्यसपछि डिमुने कामीले बिभिन्न दलित संघ संस्थामा असोज २२ गते निवेदन दिए । निवेदनको आधारमा असोज २७ गते विभिन्न दलित अभियान्ताहरुको भेलाले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गरायो । त्यसपछि इलाकाले असोज २९ गते पिडक रुद्र बहादुर कटुवाल र टलक बहादुर पाण्डेलाई हिरासतमा राखेको थियो ।
पिडक टलक बहादुरको उजुरी
पिडक टलक बहादुरले पुन सबै कुरालाई तोडमोड गरी त्यो दिन रुद्र बहादुर कटुवाल बसेको ठाउमा गएर बसेको र रुद्र बहादुर सरेर जादा पुन सोही ठाउँमा गएर बसेको र त्यहा भएको कित्लीको पानी पुरै मुख गाडेर खाएको र उनको होटलमा ११ हजार तिर्न बाकि रहेको बताएको छ ।
प्रशासनिक कदम
पिडित डिमुनेलाई असोज ३० गते पक्राउ ग¥यो । सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ताको तयारीमा छ भने पिडक कटुवाल र पाण्डे दुवैलाई अदालतमा उपस्थिीत गराई म्याद थप गरेर हिरासतमा राखेको छ ।