खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कप्तान पारस खड्काको अप्रत्याशित राजीनामा क्यानलाई ‘जानकारी छैन’


 संवाददाता   October 15, 2019   382 जनाले पढ़िसके




२८ असोज, २०७६
नेपाली क्रिकेटको उपलब्धि र अन्तर्रा्ष्ट्रिय यात्रामा सारथि बनेका पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को निलम्बन फुकुवा गर्दै ससर्त सदस्यता दिने निर्णय गरेको भोलिपल्ट खड्काले कप्तान पद छोड्ने धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै ३२ वर्षीय खड्काले क्यानको नयाँ कार्यसमिति, खेलाडी र अन्य साझेदारले नेपाली क्रिकेटमा राम्रो गरून् भन्ने कामना गरेका छन् ।
सन् २००२ मा यू(१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए ।