खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेयमार चार साताका लागि मैदान बाहिर


 संवाददाता   October 15, 2019   256 जनाले पढ़िसके




असोज २८, २०७६ मंगलबार
नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा खुट्टामा चोट बोकेका ब्राजिलियन फरवार्ड नेयमार चार साताका लागि मैदान बाहिर रहने भएका छन् ।
आइतबार भएको मैत्रीपूर्ण खेलमा नेयमारको बाँया खुट्टामा चोट लागेको थियो । एक एकको बराबरी भएको यो खेलमा नेयमारले पुरै खेल खेलका थिएनन् । उनी खेलको १२ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
ह्यामिस्ट्रिङको चोट बोकेका नेयमारले पेरिस लिगमा पीएसजीका लागि पनि कम्तीमा ६ वटा खेल गुमाउने भएका छन् । उनको खुट्टाका बारेमा विस्तृत विवरण आएपछि उनी चार साता मैदान बाहिर हुने पक्का भएको हो ।