खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



१५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी


 संवाददाता   October 15, 2019   443 जनाले पढ़िसके




असोज २८, २०७६ मंगलबार
संखुवासभाको खाँदबारी नगरपालिका–३ मा बगानबाटै १५ लाख रुपैयाँ मूल्य बराबरको रुद्राक्ष चोरी भएको छ ।
रातिको समयमा खाँदबारी–३ सार्कीगाउँमा रहेको स्थानीय कृषक झलक बुढाथोकीको बगानको रुद्राक्ष चोरी भएको हो । कृषक झलक बुढाथोकीको बगान भए पनि उहाँले २ वर्षका लागि स्थानीय ब्यापारी देवराज पुरी र रमेश भण्डारीलाई वार्षिक १५ लाख रुपैयाँमा ठेक्कामा दिनुभएको थियो ।
रातको समयमा रुद्राक्ष चोरी भएको पीडित देवराज पुरीले बताउनुभयो । ‘राति रुखमा चढेर हाँगा काटेर सबै रुद्राक्ष दाना टिपेर लगेका छन् । सुक्ष्म तरिकाले खोजी गर्दैछौँ । प्रहरीमा समेत उजुरी दिएका छौँ ।’ पुरीले भन्नुभयो ।
पछिल्लो समय संखुवासभाका विभिन्न ठाउँमा र भोजपुर जिल्लामा रुद्राक्ष चोरीको घटना बढेको छ । यो वर्ष मात्रै संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिकाको कुदकाउले र देउरालीबाट लाखौँ रुपैयाँको रुद्राक्षको चोरी भइसकेको स्थानीयहरु बताउँछन् ।
पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरीको घटनामा वृद्धि हुन थालेको छ । बगानमा रुद्राक्ष चोरीको घटना बढेपछि धेरै किसानहरुले बगानमा नै सीसी क्यामेरासमेत जडान गरेका छन् भने कतै सुरक्षाका लागि दिनरात नै मानिसहरु पहरा दिने समेत गरेका छन् ।