खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



निलम्बित सांसद आलमलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप


 संवाददाता   October 15, 2019   197 जनाले पढ़िसके




असोज २८, २०७६ मंगलबार
हत्याको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।
प्रहरीले अनुसन्धानका लागि १० दिनको समय मागे पनि न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ७ दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको हो । यसैबीच आलमले आफूलाई न्यायालयप्रति विश्वास भएको प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै आलमले सबै कुरा समयले नै बताउने भन्दै अदालतप्रति भरोसा रहेको बताएका छन् । आलमलाई प्रहरीले हत्याको अभियोगमा १२ वर्षपछि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।