खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



महिनावारी हुँदा स्वास्थ्यमा आउने समस्या र तिनका समाधानका उपायहरु


 संवाददाता   October 15, 2019   1206 जनाले पढ़िसके




सोमबार, २८ असोज, २०७६
महिनावरी एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्मका महिलाहरूको महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिन्छ ।
कहिले काहिँ खानपानमा पोषणको अभावका कारण महिनावारीमा महिलाहरू कमजोर हुने गर्दछन् । महिनावारी हँदा धेरै जसो महिलाहरूलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, उल्टी हुने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने, बिनाकारण रिस उठ्ने, झर्किने स्वभावको हुने गर्छ । महिनाबारीको समयमा तल्लो पेटमा हलुका तरिकाले मालिस गर्दा दुखेको अलि कम हुन जान्छ ।
पेट दुखेमा हट ब्यागमा तातो पानी तताएर सक्ने गर्दा पनि केही हदसम्म पीडा कम हुन सक्छ । तातो चिया वा तातो पानी प्रशस्त मात्रामा पिउने, भारी बोक्ने, अत्यधिक ब्यायाम तथा आफूलाई असहज लाग्ने कुनै पनि काम गर्नु हुँदैन ।
महिनावारीको समयमा महिलाहरूमा मानसिक चिन्ता, डर, रिस तथा तनावको समस्या आउँछ । महिनावारी प्राकृतिक अवस्था भएकाले रजस्वलाको समयमा हुने डर, रिस चिन्ता हटाउनका लागि नियमित योगा, प्राणायाम तथा व्यायाम गर्नुपर्छ ।
शरीरलाई बलियो बनाउन पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, प्रशस्त मात्रामा खानुपर्छ । महिनावारीको समयमा जिउको उर्जा हराउने हुँदा आराम गर्नुका साथै बिस्तारै हिँडडुल पनि गर्नु पर्छ । पेट दुख्यो भन्दैमा औषधिको सेवन गर्नु हुँदैन ।
औषधिको सेवनले महिनावारी अनियमित बनाउनुका साथै पछि बच्चा पाउने समयमा निकै गाह्रो हुने चिकित्सकहरूले बताएका छन् । औषधिको प्रयोग गर्नुभन्दा पनि विभिन्न घरेलु उपचार गर्नु पर्छ । तर, अत्यधिक रक्तस्राव भएको समयमा भने डाक्टरको परामर्शमा औषधि सेवन गर्न सकिन्छ ।
धेरै झोलिलो पदार्थ खाएर, तातो पानीले दुखेको ठाउँ सकेर आफूलाई मनपरेको काम गरेर, तनाव नलिकन महिनावारीको समयमा आराम गर्नु पर्छ । महिनावारीमा धुम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुने हुँदा यस्तो समयमा यी पदार्थको सेवन गर्नु हुँदैन ।