खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



२५ वर्षे पप स्टार सुली मृत फेला


 संवाददाता   October 15, 2019   428 जनाले पढ़िसके




आश्विन २८, २०७६
कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ । पुलिसका अनुसार गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए ।
पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी पप स्टार उनी ब्यान्ड ह की पूर्व सदस्य हुन् । सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेपछि उनले ब्यान्ड छोडेकी हुन् । वास्तविक नाम चोय जीन–री भएकी उनले अनलाईनमा हिंसा भोगेका कारण के–पपको काम छोडेको धेरैले बताउने गरेका छन् ।
संगीत पत्रकार टेलर ग्लास्कीका अनुसार उनी स्वतन्त्र स्वभावकी थिइन् । ‘उनले आफूले चाहेको अनुसार जीवनयापन गर्ने निधो गरिन् जसलाई सर्वसाधारणले खासै पचाएनन,’ उनले रेडियो वान न्यूजबीटलाई भनिन् ।
दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ । सुलिलाई धेरैले विवादास्पद व्यक्तिको रुपमा हेर्ने गर्दथे । उनले आफ्ना प्रशंसकलाई आफ्नो शरीर कसरी देखाउने भन्ने कुरामा आफ्नो निर्णय हुने उनी बारम्बार बताउने गर्थिन् ।
उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् । उनको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो जसमा उनले अत्यधिक आलोचना खेप्नु परेको थियो ।
अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो जसले पुनः दक्षिण कोरियाभरी विवाद निम्त्याएको थियो । सुलि के पप स्टार जोङ्गह्युनकी निकै मिल्ने साथी हुन् । जोङ्गह्युनले २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए । सुलि सन् २०१७ मा उनको अन्तिम संस्कारमा सरिक भएकी थिइन् ।
ब्लाष्टखबर