खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



भारतीय गायक टोनी कक्कर नेपाल आउँदै


 संवाददाता   October 14, 2019   215 जनाले पढ़िसके




असोज २७, २०७६
पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केही समय अघि बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । अब भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ।
यसअघि आदित्य नारायण झा प्रस्तुत भइसकेको मञ्चमा यसपटक टोनीले आफ्नो गीतसंगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका छन्। उनी गत सेप्टेम्बरमै आउने कार्यक्रम थियो। तर अन्तिम समयमा आउन पाएनन् । उनले आउँदो २५ तारिखमा नेपालका संगीत प्रेमीलाई नचाउने भएका हुन्।
‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सीएनआई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो।
टोनी आफैँमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन्।