खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हत्या आरोपी कांग्रेस सांसद आलमको सेवा सुविधा खोसियो


 संवाददाता   October 14, 2019   160 जनाले पढ़िसके




असोज २७, २०७६
संघीय संसद सचिवालयले हत्या आरोपमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमको सेवा सुविधा खोसिएको सूचना जारी गरेको छ। हत्या आरोपमा रौतहट प्रहरीबाट आइतबार पक्राउ गरिएका आलमलाई संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन गरिएको सूचना संघीय संसद सचिवालयले जारी गरेको हो ।
संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै आलमले सांसद पदबापद पाउने सुविधान निलम्बन गरिएको जनाएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद आलमलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जीअनुसार पक्राउ गरिएको प्रहरीबाट जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै सचिव गौतमले उक्त सूचना जारी गरेका छन्।