खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो


 संवाददाता   October 14, 2019   196 जनाले पढ़िसके




असोज २७, २०७६
जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ।
आँधी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरी राहत तथा उद्धारको काम जारी राखिएको छ। बीबीसीका अनुसार राहत र उद्धार कार्यका लागि करिब १ लाख १० हजार मानिस परिचालन गरिएको छ।
त्यहाँको मौसम विभागका अधिकारीहरुका अनुसार सामान्यतया वर्षभरी हुने वर्षाको करिब ४० प्रतिशत वर्षा हागबिस आँधीका कारण १(२ दिनभित्रमा भएको थियो । बाढीले २१ वटा नदीको बाँध फुटाएको जापानको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।