खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भारतीय पटका नेपाल भित्रन थाले, १२ बन्डल पटका बरामद


 संवाददाता   October 14, 2019   210 जनाले पढ़िसके




२७ आश्विन २०७६,
नेपालमा प्रतिबन्धित बारुदले भरिएको पटका भित्रन थालेको छ । तिहार नजिकिँदै गर्दा बिराटनगरको नाका भएर पटका भारतबाट नेपाल भित्रन थालेको हो ।
नेपाल–भारतको खुला नाकाको फाईदा उठाउँदै ठूलो परिणाममा पटका बर्षेनी भित्रने गर्दछ । यो बर्ष पनि तिहार नजिकिँदै गर्दा पटका बरामद हुन थालेको छ । मोरङको सुनवर्सी नगरपालिका ९ डायनिया बजारमा भारतबाट अबैध रुपमा नेपाल तर्फ साईकलमा ल्याउदै गरेको १२ बन्डल कोब्रा नामक पटका प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सो पटका बरामद गरेको हो । प्रहरीलाई देख्न साथ पटका छाडी मानिस साईकल लिई फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित नहर छेउमा भारतबाट वि आर ३८ के ३९८७ नम्बरको मोटरसाईकलमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ ।
प्रहरीले आइरन, ग्याँस चुलो,सिलिङ्ग पंखा र प्रेसर कुकर नियान्त्रणमा लिएको हो । ४० हजार बराबरको सामान इप्रका रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो । तिहार तथा छठ नजिकिएसंगै हुन सक्ने अपराधिक घटनाहरुको साथै पटका जन्य पदार्थ तथा अन्य अबैध सामानहरु भित्रिन सक्ने अबस्थालाई मध्यनजर गर्दै सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।