खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



घरमै पसेर बालिकामाथि करणी प्रयास गर्ने २२ वर्षे युवा पक्राउ


 संवाददाता   October 14, 2019   717 जनाले पढ़िसके




२७ आश्विन २०७६,
सिरहाको कल्याणपुर ८ मा किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि बालिका चिच्याएपछि स्थानीय बासिन्दाहरुले उद्दार गरेका थिए ।
स्थानीयले युवकलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घटनापछि राति बालिकाको चेकजाँचका लागि जिल्लाकै अस्पताल सिरहामाको स्वास्थ्य जाँच गरिएको छ ।
रिपोर्ट आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सुकदेव खनालले जानकारी दिए । बलात्कारको प्रयास गर्ने युवकलाई प्रहरी ईलाकामै राखिएको छ । पीडित र पीडितका परिवारले दिएको उजुरी अनुसार युवकलाई नियन्त्रणमा राखी ईलाकामा प्रहरी प्रमुख राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए।