खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव फागुनमा हुने


 संवाददाता   October 14, 2019   244 जनाले पढ़िसके




२७ आश्विन २०७६, सोमबार
ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गते सम्म म्याराथन तथा महोत्सव हुन लागेको हो ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा महोत्सव सञ्चालन हुनेछ । यसअघि पहिलो पाथीभरा महोत्सव २०६३ मा र पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथन २०७४ मा भएको थियो ।
पाथीभरा मन्दिरमा १० वर्षअघि वार्षिक ५० हजारको हाराहारीमा धार्मिक पर्यटक आउने गरेकोमा अहिले वार्षिक ४ लाखभन्दा बढी पर्यटक आउने गरेको मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले बताएको छ । यहाँ मुलुकका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।