खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जनशक्ति नहुँदा शव परीक्षण गृह प्रयोगविहीन


 संवाददाता   October 14, 2019   246 जनाले पढ़िसके




सोमबार, २७ असोज, २०७६
जनशक्ति नहुँदा सोलुखुम्बुको सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा हुन सकेको छैन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार निर्माणअन्तर्गतको ५ लाख रुपैयाँमा उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले बताए । डाक्टरले तालीम लिएपछि मात्र परीक्षण गर्न पाउने भएकाले अहिले सेवा दिन नसकिएको राईले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि मेडिको लिगल तालीम नलिएको स्वास्थ्य संयोजक राईको भनाइ छ । तालीम नलिएका डक्टरले पनि परीक्षण गर्न सक्ने भए पनि कानूनी जटिलताका कारण सेवा प्रदान नगरिएको बताइएको छ ।
अहिले शव परीक्षण गर्नुपरेमा सोलुखुम्बुको एक मात्र फाप्लु अस्पताल ल्याउनुपर्ने बाध्यता छ । कोशी पारीको दुई गाउँपालिकाले सेवा लिने गरी सोताङमा निर्माण भएको परीक्षण गृह प्रयोग समस्या भएको छ । त्यस क्षेत्रमा सडक पहुँच पुगेको भए पनि निरन्तर सञ्चालन नहुँदा परीक्षण गर्नुपर्ने शव बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।
गाडी चलेको बेलामा पनि शववहान नहुँदा महँगो भाडा तिर्नुपर्ने गुदेलका युमन खालिङले बताए । जीपले २२ किलोमिटर सडकमा मात्रै शव बोक्नको लागि ३५ हजार रुपैयँलसम्म लिने गर्छन् । सोताङ क्षेत्र पुग्नको लागि सदरमुकामदेखि करीब ६० किलोमिटर भन्दा बढी छ ।