खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



नेपालमा प्रतिवर्ष तीन लाख बढी महिलाले गर्छन् गर्भपतन


 संवाददाता   October 14, 2019   169 जनाले पढ़िसके




२७ आश्विन २०७६, सोमबार
नेपालमा प्रतिवर्ष तीन लाखभन्दा बढी महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेका छन् । जसमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाएको हो ।
नेपालमा कुल मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४८ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यताको बारेमा जानकारी नै नरहेको महाशाखाको तथ्याङ्कले देखाएको छ । महाशाखाका निर्देशक डा. भिकसिंह तिंकरीले असुरक्षित गर्भपतन मातृ मृत्यु गराउने चारवटा मुख्य कारणहरुमध्ये एक रहेको बताए । उनले भने, “४१ प्रतिशतले मात्र सुरक्षित गर्भपतनको बारेमा कानुनी जानकारी पाएका छन् ।”
सुरक्षित गर्भपतन सेवाको अभावमा महिलाले घरमै असुरक्षित गर्भपतन गराउँदा ज्यानै गुमाउनु परेको परिवार कल्याण महाशाखा प्रमुख कविता अर्याल बताउँछिन् ।