खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भुटानी शरणार्थी शिविरमा आगोलागी


 संवाददाता   October 13, 2019   340 जनाले पढ़िसके




आइतवार, अशोज २६, २०७६
झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगोलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी २ स्थित बाक्लो बस्ती रहेको शिविरमा आगलागी भएको हो । आगलागीबाट शिविरका ९ ओटा छाप्रामा क्षति पुगेको वडाअध्यक्ष नविन बरालले जानकारी दिएका छन् ।
शिविरकी करिब ६५ वर्षिया फुलमाया राईको छाप्राबाट आगो सल्केको आगोले शिविरका नौ वटा छाप्रो पूर्ण रुपमा नष्ट भएको उनले बताए । आगोलागी नियन्त्रणका क्रममा अरु केहि छाप्रा भत्काईएको थियो ।
आगोलागी नगरपालिकाको बारुणयन्त्र, स्थानीयबासी, सुरक्षाकर्मी तथा शरणार्थीहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुव्वाले जानकारी दिए ।
क्षतीको विवरण संकलन भई रहेको उनले जानकारी दिए । आगलागी नियन्त्रणका क्रममा शरणार्थी महिला फूलमाया राई सामान्य घाईते भएकी छिन् ।