खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु


 संवाददाता   October 13, 2019   545 जनाले पढ़िसके




असोज २६, २०७६
तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जिप र बस आइतबार बिहान ठोक्किँदा जिप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ।
बस र जिप एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका थारुको दमौलीमा उपचारको क्रममा आइतबार बिहान ८ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
प्रहरीका अनुसार सानो घुम्तीमा तीव्र गतिमा आएको दुवै सवारीसाधन एकापसमा ठोक्किएको हो। जिपको अगाडिको भाग पूर्ण रुपमा क्षति पुगेको छ। बस चालक घाइते भएकाले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।
नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस ठोक्किएको हो।