खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दशैं अवधिमा प्रदेश ५ मा दुर्घटना नै दुर्घटना, २४ ले गुमाए ज्यान, ६२ गम्भीर


 संवाददाता   October 13, 2019   204 जनाले पढ़िसके




कारबाहीबाट ४० लाख ६० हजार राजस्व संकलन
२०७६ असोज २६ गते
बडा दशैंको अविधमा प्रदेश ५ मा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो ।
सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो वर्षको दशैंको तुलनामा बढेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले बताए ।
सवारी दुर्घटनामा परी रूपन्देही र पश्चिम नवलपरासीमा ४र४ जनाको, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३र३ जना , बाँकेमा २ तथा दाङ र बर्दियामा १र१ जनाको मृत्यु भएको शाहले जानकारी दिए ।
दुर्घटनामा परी ६२ जना गम्भीर र ५८ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार, ६० दुर्घटनामा ४१ वटा मोटरसाइकल परेका छन् ।
जिल्लागत रूपमा बाँकेमा सबैभन्दा बढी १२ वटा दुर्घटना भएका थिए । रूपन्देहीमा १०, पश्चिम नवलपरासी र दांङमा ८र८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्यूठानमा ३र३ दुर्घटना भएको प्रहरी तथ्यांक छ । त्यस्तै, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १र१ वटा दुर्घटना भएका छन् । पूर्वी रुकुममा भने यो अबधिमा कुनै दुर्घटना भएको छैन ।
अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीका कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले बताए ।
४० लाख ६० हजार राजस्व संकलन
दशैंको समयमा ट्राफिक नियमको पनि उत्तिकै उल्लंघन भएको छ । नियम पालना नगर्ने १२ जिल्लाका ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी शाहका अनुसार, कारबाहीबाट ४० लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
दुर्घटनामा जस्तै नियम उल्लंघनमा पनि मोटरसाइकल अग्रप्रक्तिमा देखिएका छन् । प्रदेश प्रहरीका अनुसार प्रदेश ५ का २ हजार ३ सय ३९ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । जसबाट १४ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, १ हजार ५२ बस, १२ सय ७७ जिप र कार, टेम्पो २ सय २३, ट्रक १४ सय ४९ र ट्याक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।
अनलाइनखबर