खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दशैं तिहारको नामामा मारिने पशुपंक्षीको आत्मा शान्ति गर्न विश्व शान्तिको पूजा


 संवाददाता   October 13, 2019   179 जनाले पढ़िसके




दिनेश सुब्बा
आश्विन २६, २०७६
दशैं, तिहारको नाममा पशुपंक्षी हत्या नगर्न र देवताको नाममा मारिएका पशुको आत्मा शान्तिको कामना गर्दै मोरङको पथरीशनिश्चरे–१०, स्थित ओँम सिंयार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्तिपूजा भईरहेको छ । विश्व शान्तिपूजा सँगै नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयले लामाको पनि तालिमको आयोजना गरेको छ ।
नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयको आयोजना र गुम्बाको ब्यबस्थापनमा असोज १८ देखि कार्तिक १० गतेसम्म कार्यक्रम हुने आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताए । मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउदै चाड पर्बको नाममा हत्या भएको पशुपंक्षीको आत्मा शान्तिको लागि कामना गर्दै विश्व शान्तिपूजा गरेको बताए ।
कार्यक्रममा लामा पाल्देन योन्जनसहित ७ जना गुरुहरुले दैनिक पुजा, ध्यान, व्रत बस्दै आएका छन । लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने कुरा गुरुहरुले उपस्थित भक्तजनहरुलाई शिक्षा दिने गरेको स्थानीय बालकुमार तामाङले बताए ।
यही कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश भरिको १ सय २ जना लामा र आनिहरुलाई योग ङोण्डो, कोन्छोग्चिदुङ र थुजेछेन्पो लामा तालिम समेत हुँदै आएको छ । ङोण्डो कोर्ष पूरा गर्नेहरुले छेवरसम्म गराउन सक्ने बताइएको छ ।