खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साफ अण्डर १५ वुमन च्याम्पियनसीपमा नेपालले आज भुटानसँग खेल्दै


 संवाददाता   October 13, 2019   265 जनाले पढ़िसके




आश्विन २६, २०७६
भुटानमा जारी साफ अण्डर १५ वुमन च्याम्पियनसीप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएका दुबै टोली समुहचरणको अन्तिम खेलमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली समयानुसार साँझ पौने ६ बजे नेपाल र भुटानबीचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको खेलमा दुबै टोली सान्त्वना जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
यसअघिका खेलमा भारतले नेपाललाई ४–१ ले तथा भुटानलाई १०–१ ले हराएको थियो । त्यस्तै बंगलादेशले नेपाललाई २–१ ले तथा भुटानलाई २–० ले पराजित गरेको थियो । आजै भारत र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ । उपाधिका भिडन्त अघि नै समुह चरणको खेलमा यी दुई राष्ट्रबीच प्रतिस्पर्धा हुन लागेको हो