खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



७७ लागे बलिउडका सुपरस्टार अभिताभ


 संवाददाता   October 12, 2019   346 जनाले पढ़िसके




२५ असोज २०७६
बलिउडका सुपरस्टार अभिनेता अभिताभ बच्चन शुक्रबार आफ्नो ७६औं जन्मोत्सव मनाएका छन् । सन् १९४२ अक्टोबर ११ मा भारतको अलाहाबादमा जन्मेका बच्चन आफ्नो अभिनय क्षमताका कारण चर्चित छन् ।
अभिनय यात्राको सुरुआती दिनमा उनले लगातार १२ भन्दा बढी फ्लप सिनेमा दिएका थिए । यसले गर्दा उनले चलचित्र छाड्ने मनस्थिति पनि बनाएका थिए ।
सन् १९७२(७३ तिर उनले अभिनय गरेको ‘बम्बे टु गोवा’, ‘आनन्द’ र ‘जञ्जिर’ फिल्मको सफलताले उनलाई बलिउडको सुपरस्टार बनायो । ‘कौन बनेका करोडपति’ कार्यक्रमले पनि उनलाई थप चर्चामा ल्याएको छ ।
उनका पिता हरिवंश राय बच्चन पनि हिन्दी साहित्यका चर्चित कवि हुन् । वीरगन्जकी एसिडपीडित मुस्कान खातुनलाई अभिनेता बच्चनले हालै शीघ्र स्वास्थ लाभको कामना गरेका थिए ।