खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेदवार


 संवाददाता   October 12, 2019   328 जनाले पढ़िसके




शनिबार २५, असोज २०७६
आगामी मंसिर १४ गते धरानमा हुन लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राईले उम्मेदवार दिने भएका छन् ।
शुक्रबार कांग्रेस उपमहानगर कमिटिको पुर्ण बैठकले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि, मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राई पनि आकांक्षी थिए । तर, निरन्तरको छलफल पश्चात कांग्रेसले सर्वसम्मत निर्णय गर्न सफल भएको हो ।
सभापति राई यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । उक्त निर्वाचनमा उनी तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बासँग पराजित भएका थिए ।
निर्वा्चित भएर पदभार ग्रहण गरेको एक बर्षपछि मेयर सुब्बाको निधन भएपछि धरानमा मेयर पद रिक्त छ । उपमेयर मञ्जु भण्डारी सुवेदीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन् ।