खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उप निर्वाचनका लागि मतदाता तय


 संवाददाता   October 11, 2019   206 जनाले पढ़िसके




आश्विन २४, २०७६
आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको रिक्त स्थानका लागि हुने उप निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली स्वीकृत गरको छ ।
आयोगको बिहिबार बसेको बैठकले ३७ जिल्लामा १ सय ५५ वटा वडामा हुने उप निर्वाचनका लागि ४ लाख ५४ हजार १ सय १४ जना मतदाताको नामावली स्वीकृत गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले जारी गरेको विज्ञप्तीमा मतदाता मध्ये महिला मतदाताको संख्या धेरै भएको जनाइएको छ । जस अन्तर्गत २ लाख ३३ हजार ४ सय २ महिला तथा २ लाख २० हजार ७ सय १० जना पुरुष मतदाता छन् ।
सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहने आयोगले जनाएको छ । बढीमा १ हजार १ सय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ ।
जसमा ८ सय भन्दा बढी मतदाता रहेका केन्द्र ३ सय ३७ तथा ८ सय भन्दा कम मतदाता रहेका केन्द्र २ सय छन् । १ सय ५५ वडामा हुने मतदानमा प्रतिनिधि सभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १ गाउँपालिका उपाध्यक्ष १, गाउँ तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कुल ५२ पदका लागि उप निर्वाचन हुन लागेको हो ।