खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



झापाको गौरीगन्जमा रावणको पुत्ला दहन


 संवाददाता   October 11, 2019   272 जनाले पढ़िसके




२४ आश्विन २०७६, बिहीबार
विष्णुप्रसाद पोखरेल
दमक, असोज २३ गते ।
झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ ।
गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय दुर्गा मन्दिर समितिको आयोजनामा रावणको पुत्लादहन भएको हो । स्थानीय विजय शर्माका अनुसार घरघरबाट पुल्ठो तथा आगो लिएर स्थानीयहरु स्वतस्फूर्त रुपमा सहभागी भएका थिए ।
आदिवासी तथा कोच र तराइवासीहरुसंँगै सबै यसमा सहभागी भएको र दशैंले एकताको सन्देश दिएको समेत सो अवसरमा बताईएको थियो । रावणको ठुलो पुत्ला बनाएर बजारमा राखिएको थियो ।
दुर्गा मन्दिर समितिका अध्यक्ष सिजन मोदीका अनुसार असत्यमाथि सत्यको जीत र अहंकारको अन्त्यको प्रतिकको रुपमा रावणको पुत्ला दहन गरिएको हो ।
परम्पराकै रुपमा प्रत्येक वर्ष निरन्तरता दिंदै आएको पनि उहाँले बताउनुभयो ।
पुत्लादहन पछि स्थानीयले खुसि मनाएका थिए । नाँचगान गरेका थिए । पट्का पटकाउनका साथै आकाशबाजी समेत भएको थियो ।