खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो


 संवाददाता   October 10, 2019   269 जनाले पढ़िसके




२३ असोज,२०७६
सरकारले दशैंमा नबिकेका च्यांग्राको मूल्य घटाएको छ । सहुलियत दरमा बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किनेको १९ सयमध्ये १४६ वटा च्यांग्रा बिकेका थिएनन् ।
कम्पनीले दशैंमा जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो । खसी–बोकामा हारालुछ भए पनि सबै च्याङ्ग्रा बिक्री हुन नसकेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।
‘दशैंमा निजी क्षेत्रबाट धेरै च्याङ्ग्रा भित्र्याइएका कारण हाम्रा केही च्याङ्ग्रा नबिकेका हुन्,’ महाप्रवन्धक गौचनले भने ।
अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीको थापाथलीस्थित गोदाममा रहेका च्यांग्रा सबै स्वस्थ रहेको पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।