खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आज विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै, नेपालमा २५ लाख मानिसमा मानसिक समस्या


 संवाददाता   October 10, 2019   177 जनाले पढ़िसके




आश्विन २३, २०७६
आज विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । ‘मानसिक स्वास्थ्यका लागि मर्यादा’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाउन लागिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा करीब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ । त्यस्तै, करीब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको सो सङ्गठनको तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गरिन्छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन् । नेपाल सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दाे उपचार सेवा पाउन सकेका छैनन् ।