खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अदुवाका फाइदा


 संवाददाता   October 7, 2019   501 जनाले पढ़िसके




आश्विन २०, २०७६
१. साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टि्िलटी भगाउन मद्दत गर्छ ।
२. अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।
३. रेगुलर अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।
४. निरन्तर पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।
५. सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।
६. खाना खानुभन्दा केही समयअघि केही अदुवा खाने हो भने भोक खुलेर लाग्छ । ७. यसले खानामा रुचि नहुनेहरूलाई पनि फाइदा पुग्छ ।
८. सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस । अपचको समस्या भगाउँछ ।
९. हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।
१०. अदुवाको रस निरन्तर लिनेमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।
११. एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस । घुँडा दुखेमा ठीक पार्छ ।
१२. निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दूधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।