खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



झापाको गौरीगञ्जमा डमी ट्राफिक, झापामा १९ स्थानमा राखियो


 संवाददाता   October 7, 2019   1624 जनाले पढ़िसके




आश्विन २०, २०७६
सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित झापाको गौरीगञ्जमा ‘डमी ट्राफिक’ राखिएको छ । ट्राफिक प्रहरीकोे नमूना आकृतिको बोर्ड बनाएर गौरीगंज क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रवाभकारी बनाउन लागिएको हो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीगञ्जको आयोजनामा भएको औपचारिक कार्यक्रममा ट्राफिक प्रहरी गौरीगञ्जका ईन्चार्ज भोला चम्लागाईले ट्राफिक डमीले दुर्घटना न्युनिकरण गर्नमा निकैै सहयोगी भुमिका खेल्ने भएकोले राख्न लागिएको बताए ।
गौरीगंज गाउँपालिका वार्ड नं.३ का अध्यक्ष मखना महतोले ट्राफिक प्रहरीको जनशक्ति गौरीगंजमा पर्याप्त नभएको अवस्थामा ट्राफिक डमीले त्यसको परिपुर्ति गर्नेमा विश्वास लिएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराई, पुर्व गौरीगंज क्याम्पस प्रमुख केदार रिमाल, जुरोपानी ऋण तथा वचत सहकारी संस्थाका छत्र चुडाल, सशस्त्र प्रहरी वल गौरीगंजका प्रहरी निरीक्षक साइमन श्रेष्ठ, युवा नेता निरज अग्रवाललगायतको सहभागिता थियो । ट्राफिक डमी आठमौजा ऋण तथा वचत सहकारी र जुरोपानी ऋण तथा वचत सहकारी संस्थाले १–१थान सौजन्य गरेका हुन् ।
त्यसैगरी “सडक सभ्याता हाम्रो चाहाना,सुरक्षित यात्रामा सबैको शुभकामना” सन्देश सहितको पर्चा पम्प्लेट वितरण गरिएको थियो । अविर र फुलको गुच्छा सहित लामो तथा छोटो दुरीका चालकहरूलाई शुभकामना दिदै सवारी चलाउदा सजक र होसियार भएर चलाउने र दुर्घटना हुदा त्यसबाट हुने क्षति र पीडाको विषयमा ट्राफिक प्रहरीले जानकारी गराएका थिए ।
झापामा १९ स्थानमा डमी ट्राफिक
झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ । सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताए । उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिकले दिनरात सेवा दिइरहेको अनुभूति गरेको पाइएको बताए ।
दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ । उनले भने, “रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।”
दमकमा पनि तयारी अन्तिम चरणमा
दमकमापनि डमि ट्राफिक राख्ने काम अन्तिम चरणमा पुगेको दमक ट्राफिकले जनाएको छ । दमक ट्राफिक प्रमुख यज्ञप्रसाद शर्माका अनुसार दमकको मुख्य चौकमैपनि डमी राखिनेछ । यस्तै दमक सडकखण्ड अन्तर्गत बढी दुर्घटना हुने स्थानहरुमा डमि ट्राफिक राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । डमी निर्माणको क्रममा रहेकाले दशैं लगत्तै दमकमापनि डमी राखिने दमक ट्राफिक प्रमुख अधिकारीको भनाइ छ ।
कपुरीन्युज