खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो


 संवाददाता   October 6, 2019   302 जनाले पढ़िसके




आश्विन १९, २०७६
यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो ।
आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ ।
जाहेरीलाई नै आधार बनाएर प्रहरीको महरालाई पक्राउ गरेर, उनलाई बोलाएर वा निवासमै गएर बयान लिने सम्बन्धी विकल्पमा छलफल गरिरहेको उच्च स्रोतले जानकारी दियो । सभामुखबट राजीनामा दिएपछि महरामाथि छानबिन गर्न प्रहरीका लागि सहज भएको स्रोतको भनाइ छ ।
महरामाथि अनुसन्धान गर्नेबारे प्रहरी उच्च अधिकारी र गृहमन्त्री रामबहादुर थापाबीच नै छलफल भइसकेको छ । महान्यायधिवक्ता अग्नी खरेलसँग समेत प्रहरीले अनौपचारिक कुराकानी गरिसकेको छ । महानगरीय प्हरी वृत्त र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले महराप्रकरणमा छानविन गरिरहेको छ ।
आइतबार रातिको घटनाबारे सोमबार सञ्चारमाध्यममा सार्वजनिक भएपछि महराले आफूमाथिको आरोप निराधार भन्दै बचाउ गरेका थिए । सोही घटनाका कारण मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महराले राजीनामा दिएको भोलिपल्ट बुधबार महराबाट कुनै दुर्व्यवहार नभएको र आफू डिप्रेसन पीडित भएको भन्दै रोशनीले घटनाभन्दा विपरीत हुने गरी निवेदन दिएकी थिइन् । तर त्यो निवेदनलाई समेत गलत ठहरिने गरी शनिबार रोशनी आफैं प्रहरीमा उपस्थित भएर महराबाट आफूमाथि बलात्कार प्रयास भएको भन्दै किटानी जाहेरी दिएपछि प्रतिनिधिसभा नियमावली(२०७५ को दफा २ सय २४ मा प्रतिनिधिसभा सदस्य (सांसद)को पक्राउ सम्बन्धी व्यवस्था छ ।