खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



टी–ट्वेन्टी श्रृंखलामा नेपाल हङकङ्सँग भिड्दै


 संवाददाता   October 6, 2019   281 जनाले पढ़िसके




असोज १९, २०७६
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालले आज पहिलो खेल हङ्कङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
पहिलो खेल जितेर नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ । उद्घाटन खेलमा आयोजक ओमानसँग पराजित भएको सिंगापुर पनि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्ड सहभागी छन् । सबै टिमले एक अर्का्विरुद्ध खेलेपछि शीर्ष स्थानमा रहने टिमलाई बिजेता घोषित गरिनेछ ।
नेपालबाहेक चारवटै टिम युएइमा हुने टि ट्वेन्टी विश्वकपको ग्लोबल छनौटको तयारीमा छन् । टि ट्वेन्टी विश्वकप खेल्ने संभावना सकिइसकेको नेपालले भने यस प्रतियोगितालाई आगामी सागको तयारीका रुपमा लिएको छ ।
सिंगापुरमा जिम्बावे सम्मिलित टि ट्वेन्टी श्रृंखला खेलेर नेपाली टोली दोस्रो टि ट्वेन्टी श्रृंखला खेल्न ओमान पुगेको हो ।