खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बढी भाडा असूल्ने चालक पक्राउ


 संवाददाता   October 6, 2019   240 जनाले पढ़िसके




आश्विन १९, २०७६
सरकारले तोकिए भन्दा बढी रकम उठाउने चालक र सवारीलाई पाँचथर ट्राफिक प्रहरीले धमाधम कारबाही सुरु गरेको छ । दशैंको मौका छोपेर यात्रुबाट दोब्बर भाडा असूल्ने चालक र गाडीलाई कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।
सोही क्रममा झापाबाट पाँचथर आउँदै गरेको एउटा बसमा सवार ३५ यात्रुको रकम फिर्ता गराएको ट्राफिक प्रहरीले जनाएको छ ।
तोकिएको भाडा भन्दा दोव्वर रकम असुलेको पाइएपछि ३५ जनालाई जनही ५ सयका दरले रकम फिर्ता गराएको तथा चालकलाई पनि एक हजार रुपैंयाँ जरिवाना तिराएर छोडिएको उहाँले जानकारी दिनुभयो । पाँच सय रुपैयाँ भाडा तोकिएकोमा एक हजारका दरले रकम असूलेको पाइएपछि कारबाही गरिएको उहाँले बताउनुभयो ।
तोकिएभन्दा धेरै भाडा असुल्ने एउटा जीपका चालकबाट रकम फिर्ता गराएर एक हजार रुपैयाँ जरिवाना गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैंमा सवारी साधनको अभाव देखाउँदै यातायात व्यवसायीले झापादेखि–पाँचथरको एक हजार र ताप्लेजुङको २ हजारका दरले भाडा लिँदै आएको पाइएको छ ।