खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सामुदायिक बिकास मन्च नेपाल द्वारा सुरेन्द्र राइ र प्रहरी निरिक्षक केशर ढकाल सम्मानित


 संवाददाता   October 4, 2019   442 जनाले पढ़िसके




सुमन कुरुम्बाङ

पथरी । मोरङको लेटाङ नगरपालिकामा अवस्थित सामुदायिक बिकास मन्च नेपालले आज सस्थाको सामाजिक परिक्षण सम्पन्न गरेको छ । आज बिहान ८:३० बजेबाट आफ्नै सभा हलमा सुरुवात गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुप प्रदेश सभा सदस्य माननिय उपेन्द्र प्रशाद घिमिरेको उपस्तिथी रहेको थियो भने बिशेस अतिथिको रुपमा लेटाङ नगरपालिकाको उपमेयर कृष्ण कुमारी निरौला उपस्तिथ हुनुहुन्थ्यो ।

 

सामुदयिक बिकास मन्च नेपालको बर्तमान अध्यक्ष किशोर कुमार भट्टराईको सभापतित्व रहेको कार्यक्रममा लक्षित समुदाय , सरोकारवाला निकायहरु , जन्प्रतिनिधिहरु लगायत अतिथिहरुको उपस्तिथी रहेको थियो । सामाजिक परिक्षण सँगै सस्थाको उन्नाइसौ वार्षिक साधारण सभा पनि सम्पन्न भएको थियो । सोही अवसरमा युनाइटेड मिशन टु नेपाल सुनसरी क्लस्टरको सुरेन्द्र राइ र प्रहरी सहायक निरिक्षक केशर ढकाललाई सामुदायिक बिकास मन्चको कार्यक्रम प्रभाबकारी ढंगले सम्पन्न गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम सम्योजक साबित्रा शिवाकोटिको प्रतिबेदन प्रस्तुती पछीको जिज्ञासा राख्ने समयमा सकृय ढंगले अन्तर धार्मिक शान्ती युवा समुहले सहभागीता जनाएको थियो ।