खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गण्डकी प्रदेशमा फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध


 संवाददाता   October 4, 2019   185 जनाले पढ़िसके




असोज १७, २०७६
गण्डकी प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा अतिथिलाई एकै साथ फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेस गरेको सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्दे्शिका स्वीकृत गरेसँगै यस्तो ब्यवस्था भएको हो ।
मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवत्ता रामशरण बस्नेतले भने ‘प्रमुख अतिथि, अतिथिहरुलाई बैठक, समारोहमा सहभागि हुनुभन्दा सामान्यतया तीन दिन अगावै विषयबस्तुको बारेमा जानकारी गराए । समारोह छोटो हुनुपर्ने। समारोहमा फूलमाला, खादा, अबिर मध्ये एक चिज मात्र लगाएर सम्मान गर्नुपर्ने छ।’
त्यस्तै घण्टौँ समय खर्चेर गरिने आसनग्रहणलाई २० मिनेट भित्रमा सिध्याउनुपर्ने ब्यवस्था गरेको छ। ‘प्रदेशले यस्ता समारोहमा तीन जना भन्दा बक्ता राख्दै नराख्ने भएको छ। प्रदेश भित्र अरु संघसंस्थालाई पनि यहि अनुशरण गर्न हामी आग्रह गर्छाैँ,’ उनले भने। यसैबिच गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपूरबाट नै अब सवारी लाइसेन्स वितरण गरिने भएको छ ।