खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फोहोरबाट बायो ग्यास उत्पादन


 संवाददाता   October 4, 2019   274 जनाले पढ़िसके




१७ असोज २०७६
धरान उपमहानगरपालिकामा फोहोर प्रशोधन गरि बायो ग्यास उत्पादन हुने भएको छ। भेन्चर वेस्ट टु एनर्जी प्रालिले यहाँको फोहोर संकलन गरी बायो ग्यास र जैविक मल उत्पादन गर्ने भएको हो। ग्यास र जैविक मल उत्पादनका लागि २४ करोडको लागतमा प्रशोधन केन्द्र निर्माण भएको छ।
धरान(६ स्थित पानबारीमा डेढ वर्षअघि थालिएको प्रशोधन केन्द्रको निर्माण भएसँगै बायो ग्यास र जैविक मल उत्पादन सुरु हुने भएको छ। प्लान्ट निर्माण कन्सलटेन्ट इन्जिनियर विवेक अग्रवालले दसैं लगत्तै बायो ग्यास र जैविक मल उत्पादन सुरु गर्ने बताए। पानबारीमा १६ कठ्ठा जमिनमा निर्माण गरिएको प्लान्टबाट बायो ग्यास र मल उत्पादन गर्न लागिएको उनले बताए।
उक्त कम्पनीले ग्यास उत्पादनका लागि दुई वर्ष अगाडि धरान उपमहानगरपालिका सँग सम्झौता गरिसकेको छ। धरानमा सर्वसाधारणले फालेको फोहोर संकलन गरी बायो ग्यास र जैविक मल उत्पादन गरिने अग्रवालले बताए। प्लान्टको दैनिक ५० टन फोहोर प्रशोधन गर्ने सक्ने क्षमता भएको इन्जिनियर अग्रवालले बताए।
धरानमा दैनिक १५ टनभन्दा बढी फोहोर उत्पादन हुन्छ। त्यसको ८० प्रतिशतभन्दा बढी जैविक फोहोर हुने गरेको धरान उपमहानगरपालिका कार्यवाहक मेयर नरेश इवारमले बताए। उनले धरानमै बायो ग्यास र जैविक मल उत्पादन हुने भएपछी नगरवासीलाई ग्यास र मल खरिदमा सहज हुने बताए।
प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १२ सय किलोग्राम बायो ग्यास र ४ सय किलो ग्राम मल उत्पादन हुने अग्रवालले बताए। उनले करिब डेढ महिनासम्म परीक्षण गरेर दैनिक ऊर्जा उत्पादन गर्न लागिएको जानकारी दिएका छन्।
कम्पनीले रासायनिक पदार्थ प्रयोग नगरी ऊर्जा उत्पादन गर्ने र त्यसैअनुसार प्लान्टको डिजाइन गरिएको कम्पनीका सुपरभाइजर मदनकृष्ण श्रेष्ठले बताए।
उनले रसायन प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकाले बिनारसायन ऊर्जा उत्पादन गर्न लागिएको बताए। ऊर्जा उत्पादनका लागि प्लान्ट निर्माणमा मात्र २४ करोड रुपैयाँ लागेको श्रेष्ठले बताए।
फोहोरबाट उत्पादन हुने ग्यास पाइपलाइनबाट वितरण गर्ने तयारी भैरहेको धरान(६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले बताए। उनले पाइपलाइन विस्तार गर्दा लाग्ने खर्च र सम्भाव्यता अध्ययन अघि बढाएको बताएका छन्।
कम्पनीले २० वर्षसम्म प्लान्ट सञ्चालन गरेपछि उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको कार्यवाहक मेयर इवारमले बताएका छन्।
अन्नपुर्ण