खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



२ स्वास्थ्यकर्मीको विदाई


 संवाददाता   October 4, 2019   321 जनाले पढ़िसके




पथरीशनिश्चरे, १७ असोज
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत २ जना स्वास्थ्यकर्मीको आज विदाई गरिएको छ ।
हसन्दह स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमि कोपिला खतिवडा र शनिश्चरे स्वास्थ्य चौकीमा कार्यरत अनमि गीता श्रेष्ठलाई विदाई गरिएको हो ।
नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र स्वास्थ्य संयोजक मुरारी आचार्यले उहाँहरुलाई रमनापत्र, खादा र टीका लगाएर शुभकामना व्यक्त गर्दै विदाई गर्नुभयो ।
कर्मचारी समायोजनका क्रममा खतिवडा उर्लावारी र श्रेष्ठ लेटाङमा सरुवा हुनु भएको हो ।