खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदै


 संवाददाता   October 4, 2019   757 जनाले पढ़िसके




१७ आश्विन २०७६, शुक्रबार
नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ ।साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न(बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । हातमा चम्किलो खड्ग धारण गरेको शास्त्रमा चित्रण गरिएको छ ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् ।
देवी कात्यायनीको पूजा(आराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति छ ।